Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीज मान्न माइत गएकी सीतालाई घरमा बोलाएर किन गरियो हत्या ? प्रहरीले जाहेरी लिन मानेन !

रुपन्देही – दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा–८ मणिग्रामस्थित माइती भएकी २७ वर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय हत्या भएको छ।

उनले उक्त नगरपालिका–५ घर भएका ४३ वर्षीय टीका पौड्यालसँग विवाह गरेकी थिइन्। सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको मंगलबार माइतीहरुले पत्रकार सम्मेलन गरी जानकारी जानकारी दिएका छन्।

घटनाक्रम यस्तो छ : (माइती पक्षले बताएअनुसार)

तीज मानेर घर फर्किने गरी भदौ ६ सीता माइती गएकी थिइन्। सितालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ भनेर घरमा बोलाएका थिए।

टिकाले उक्त समयमा पाल्पा थिए। उनले फोनबाट सितालाई घर जाउ म साँझमा आउँछु भनेका थिए। त्यसपछि सिता घर फर्किइन्। माइतीबाट घर फर्किएकी सितालाई माइतीले पटकपटक फोन गरे। फोन उठेन। लगातारको फोन नउठेपछि अन्य व्यक्तिलाई पनि सम्कर्प गर्ने प्रयास गरिएको थियो। तर कसैसँग कुरा भएन।

त्यसको अर्काे दिन एक्कासी उनको माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो। माइतीजन त्यहाँ पुग्दा सिता अस्ताइसकेकी थिइन्। छोरीको त्यस्तो अवस्था देखेपछि सीताका बाबु–आमा बेहोस भए।

प्रत्यक्षदर्शीका अनुसार उनी आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको र भुँईमा लडेको अवस्थामा भदौ २० गते बिहान मृत फेला परेकी थिईन्।

मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या नै भएको भनी बुटवल ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको तर प्रहरीले किटानी जाहेरी लिन नमानेपछि त्यसको विरोधमा सयौं माईतीजनले प्रहरी कार्यालयमा धर्ना दिएका छन्। टीकाले पाल्पा तानसेनको होलाङदी जाने बाटोमा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077