Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरीमा रोजगारीको अवसर, प्राविधिकतर्फ २२१ जनाका लागि दरखास्त आह्वान

    प्रहरीमा रोजगारीको अवसर, प्राविधिकतर्फ २२१ जनाका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा गरेर २ सय २१ जनालाई रोजगारी खुलेको छ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयले गाेरखापत्रमा एक सूचना प्रकाशित गर्दै ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।



    सूचनाका अनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ भने सूचनाप्रविधि अन्तर्गत ३ पदमा ६४ जनाले जागिरकाे अवसर पाउने छन् ।



    यस्तै, सञ्चार अन्तर्गतको ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ। यसैगरी भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ ।

    सूचनामा दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी)सम्म छन् ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार