Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी, सत्ता पक्ष बसेको टेबल भाँचियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए ।

त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो । पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए । टेबुल भाँचिएपछि कोइराला, सिंह र यादवपछिको लहरमा बस्न गएका थिए ।

अहिले हो-हल्ला र नाराबाजीका बाबजुत स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन: सुचारु भएको छ ।

एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख  सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यद्यपि अहिले पनि नाराबाजी र बिरोधकै बीच सभामुखले बैठक सुचारु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077