Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : दोस्रो पटक पनि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ। यसअघि पनि १५मिनेटका लागि स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

यस्तै, बैठकमा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए ।

त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो । पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए । टेबुल भाँचिएपछि कोइराला, सिंह र यादवपछिको लहरमा बस्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077