Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्रीले बोलिरहँदा सांसदलाई नै उचालेर यसरी विरोध गर्यो एमालेले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेका सांसदहरुले आफ्नो विरोधलाई कायमै राखेका छन् । यसअघि पनि एमालेकै विरोधका कारण संसद बैठक दुई पटकसम्म १५–१५ मिनेटका लागि स्थगित भएको थियो ।

ढिलो भएर सुरु भएको आजको तेस्रो बैठकमा समेत एमाले सांसदहरुले विरोध गरिरहेका छन् । विरोधका बावजुद पनि संसद बैठक भने सञ्चालन भइसकेको छ । अर्थमन्त्री शर्माले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन सुधारबाट क्षमता बढाउने योजना रहेको बताए । सरकार सार्वजनिक संस्थानको निजीकरणको पक्षमा नरहेको उनले बताए ।

नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ भने सरकारले बैठक भत्ता काटेर कोरोना खोप किन्न ५ अर्ब छुट्याएको पनि मन्त्री शर्माले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077