Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सांसदको हर्कत : गृहमन्त्रीको माइक ताने, प्रधानमन्त्रीले लुकाए

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा अझै पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिहेका छन् ।

शुक्रबार करिब १ बजेपछि सुरु उक्त बैठकमा सुरुवातबाटै एमालेका सांसदहरुले नाराबाजी र हो-हल्ला गरेका थिए । केही बेरअघि एमालेका सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी भएको थियो। जसमा संसद्को पहिलो लहरमा रहेको सत्ता पक्षको टेबुल भांचिएको थियो ।

अहिले फेरि एमालेका सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरेकी छिन्। उनले अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा यस्तो हर्कत गरेकी हुन्। तर एमालेका अन्य सांसदले उनलाई रोकेका थिए ।

सांसद रेखाकुमारीले माइक झिकेर हान्न खोजेपछि मन्त्री खाँण नजिकै रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइकलाई भने झिकेर लुकाएको दृश्यमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077