Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन माग

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरिएको छ। कांग्रेसका १४ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका हुन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
२० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नभएको, पार्टी कार्यालयमा जारी धर्ना, अनसन र डडेल्धुरा जिल्लामा देखिएको सदस्यता विवादलगायतका विषयहरु निरुपण गरी महाधिवेशनतर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता रहेको भन्दै बैठकको माग गरिएको एक नेतले जानकारी दिए।

‘काठमाडौं, मोरङ लगायतका १९ जिल्लाको आजसम्म पनि कृयाशील सदस्यको सूची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन। यसले देशभर एकैपटक शुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत विभेद भएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुःखद पक्ष हो।’

संयुक्त विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जिवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादव छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077