Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्माले भने – फौजको मनोबल गिराउने अवान्छित गतिविधि  किमार्थ क्षम्य हुँदैन

    प्रधानसेनापति शर्माले भने – फौजको मनोबल गिराउने अवान्छित गतिविधि  किमार्थ क्षम्य हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले  जंगी अड्‍डास्थित सभामण्डपमा आज पहिलो पटक सकलदर्जाहरुलाई सम्बोधन गरेका छन् ।

    सम्बोधनका क्रममा शर्माले जटिल परिस्थितिमा संवैधानिक दायित्व सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण एवं प्रवर्द्धन गर्नका लागि सदैव तयार रहनु सेनाको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन् ।



    प्रधानसेनापति  शर्माले  भने, ‘राष्ट्रियहितलाई दृष्टिगत गरी सरकारद्वारा राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति जारी भइसकेको छ । सोही अनुरुपका राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूल ग्रन्थ पुनरावलोकन गरिने छ ।’



    उनले सङ्गठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप काम गरिनेमा जोड दिए । प्रधानसेनापति  शर्माले  कल्याणकारी कोष सबै हिताधिकारीको साझा र महत्वपूर्ण सरोकारको विषय भएको उल्लेख गर्दै स्वास्थ, शिक्षा, स्वरोजगारलाई विशेष महत्व दिने वताए।

    प्रधानसेनापति  शर्माले   १० वर्षे सेवा गरेका वहालवालालाई आवासका निम्ति रु २५ लाखसम्म सहुलीयत कर्जा उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे ।

    सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले  सैनिक अनुशासन, पदीय मर्यादा, आचरण विपरितका गतिविधि तथा फौजको मनोबल गिराउने जस्ता अवान्छित गतिविधि  किमार्थ क्षम्य नहुने वताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार