Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तीजको नाच हेर्ने गएकी किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ३ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन्।

प्रहरीका अनुसार ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरिएको हो। स्थानीयले सूचना दिएसँगै प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिएका छन्।

हाल प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको काफ्लेले बताए। पक्राउ परेकाहरुसँग सोधपुछ गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077