Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको नीति एमसीसी पारित गर्ने नै हो : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् । तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।

उनले भने–‘नेकपा हुँदा नै एमसीसीबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल बनेको हो । केही संशोधनसहित एमसीसीलाई अघि बढाउने सुझाव त्यो कार्यदलले दिएको हो । यसको अर्थ एमसीसीलाई अघि अस्वीकार गर्ने भन्ने हाम्रो मत होइन । कतिपय प्रावधानहरुलाई पुनर्ब्याख्या गरेर राष्ट्रको हितमा प्रावधान राखेर एमसीसी अघि बढाउने भन्ने त्यसबेलाको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यही निर्णयमा कायम छ । त्यसमा पुग्नुअघि दलहरु र सरकारको निर्णय के हुन्छ त्यो हामी हेर्छौं ।’

बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको बताउँदै उनले एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने बताए ।

उनले भने–‘एमसीसीको विषयमा हाम्रो संसदीय दलको बैठकमा व्यापक छलफल गरेका छौं । एमसीसीको उपाध्यक्षसँग हाम्रो पार्टी अध्यक्षले पनि भेटघाट गर्नुभयो । पहिलो कुरा सत्तारुढ दल र गठबन्धनले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्नुहुन्छ वा गर्नु हुँदैन ? पहिले हामी त्यो हेर्दैछौं । टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ । जस्ताको त्यस्तै गर्नुहुन्छ कि संशोधन गरेर गर्नुहुन्छ कि त्यो विषयमा अहिले क्लियर छैन । अहिले नै त्यस विषयमा बोल्नु हतार हुन्छ । त्यो निर्णयमा सरकारको पोजिसन के हुन्छ त्यो हामी हेर्दै छौं ।’

एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव
नेकपा एमालेको विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ । बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता योगेश भट्टराईले केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077