Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको विरोधमा उत्रिएकाहरुमाथि प्रहरीको लाठी चार्ज, केही पक्राउ

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । नयाँ बानेश्वरमा भएको झडपका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

प्रहरीले आन्दोलनमा उत्रिनेमाथि लाठी चार्ज समेत गरेको छ। कतिपय आन्दोलनकारी लाठीचार्जपछि तितरवितर भएका थिए भने बाँकीलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो । प्रदर्शनमा ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी’लगायत नारा लगाएका थिए ।

एमसीसीका पदाधिकारीहरु राजधानीमै रहेर राजनीतिक दलका शीर्ष नेता तथा सरकारसँग अनुदानको विषयमा छलफल गरिरहेका बेला यस्तो आन्दोलन हुनुलाई संयोग मात्र मान्न सकिन्न । नेपाली जनताले एमसीसी चाहँदैनन् भन्ने संकेत गरेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077