Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नयाँ बजेटप्रति एमालेको आपत्ति, छापामार शैलीमा ल्याइएको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको भन्दै आपत्ति जनाएको छ ।

पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी छापामार शैलीमा बजेट ल्याइएको भन्दै एमालेले आपत्ति जनाएको हो । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने–‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ ।’

सरकारले बलमिच्याई गरेर नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको छ ।

एमाले सचिव भट्टराईले भने–‘अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको छ । यसप्रति हाम्रो आपत्ति छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077