Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

किलिएन एमबाप्पेमाथि पिएजसीका फ्यानहरु आक्रोशित, मैदानमै यस्तो हर्कत गरेपछि...

एजेन्सी । ट्रान्सफर विन्डो सकिएपछि किलिएन एमबाप्पे शनिबार राति पार्क दि प्रिन्सेसमा फर्किए। रियल मड्रिड जाने लामो प्रयास असफल भएपछि उनी पेरिस सेन्ट जर्मन(पिएसजी) नियमित खेलमा फर्किएका हुन्।

लिग वानमा क्लेरमोन्ट फुटसँगको खेलका लागि घरेलु मैदानमा प्रवेश गरेका एमबाप्पेमाथि पिएसजीकै समर्थकहरुले आक्रोश व्यक्त गरेका छन्। पिएजसी छाड्न हतारिएका एमबाप्पेले सम्झौता नवीकरण पनि गराएका छैनन्।

कुनै पनि हालतमा पिएसजीबाट अलग्गिन खोजेका एमबाप्पे कुरा नमिलेपछि क्लबमा बस्न बाध्य भए। उनी मैदान प्रवेश गर्दा पिएजसीका समर्थकहरुले त्यसकै लागि उनीमाथि आक्रोश पोखेका हुन्। उनीहरुले सिटी मार्दै, ‘बु’ गर्दै आफ्नै खेलाडीको अपमान गरेका हुन्।

लिग वानमा पिएजसीले घरेलु मैदानमा पहिलो खेल खेल्दा पनि प्रसंशकहरुले एमबाप्पेमाथि असन्तुष्टि जनाएका थिए। त्यस समयपनि सिटी मार्दै र ‘बु’ गर्दै उनीहरुले आक्रोश पोखेका थिए।

एमबाप्पेले सम्झौता नवीकरण गर्न पिएजसीले गरेको आग्रह लतागार अस्वीकार गर्दै आएका छन्। एमबाप्पेको यो व्यवहारबाट पिएसजीका फ्यानहरु रिसाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077