Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मौसममा बदली, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसममा बदली भए पनि नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ। विभागका अनुसार केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ। मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ। आइतबार देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077