Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चारदिने नेपाल भ्रमण सकेर एमसीसी उपाध्यक्ष फातिमाको टोली आज फर्किदै

काठमाडौं । चारदिने नेपाल भ्रमणमा आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फर्किदै छ ।

बिहीबार बिहान कतार एयरवेजमार्फत् काठमाडौँ आइपुगेको एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो । पछिल्लो समय नेपालमा एमसीसी परियोजना लागू गर्ने वा नगर्ने भन्ने विषयमा चर्को बहस भइरहेका बेला उक्त टोली नेपाल आएको हो।

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरूसँग भेट गरेको छ । यद्यपि एमसीसी संसद्बाट पास गर्ने सन्दर्भमा दलहरू दुई धारमा बाँडिएपछि उपाध्यक्ष फातिमासहितको भ्रमण उपलब्धी पूर्ण हुन भने नसकेको बुझिएको छ। तर, भेटघाटका क्रममा नेताहरूले संशोधनसहित राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्न सकिने भन्दै उक्त टोलीलाई विश्वस्त पारेको बताइएको छ ।

सत्ता गठबन्धनभित्र नै एमसीसीका सन्दर्भमा दलहरू विभाजित रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एमसिसी पास गर्नुपर्ने पक्षमा छन्।

तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने जस्ताको त्यस्तै राष्ट्रिय सहमतिबिना पास गर्न नहुने पक्षमा रहेका छन्। यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीले भने सरकारको धारणा अनुसार आफूहरुले निर्णय गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077