Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बीपी स्वास्थ्य प्रतिष्ठानको आन्दोलन रोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले उठाएका धेरै मागहरूको सम्बोधन भइसकेको भन्दै थप आन्दोलन नगर्न आग्रह गरेको छ।

आइतबार मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कतिपय माग सम्बोधन भइसकेको र केही मागहरू अध्ययनकै क्रममा रहेको भन्दै आन्दोलन नगर्न आग्रह गरेका हुन् ।

अहिले पनि प्रतिष्ठानमा आन्दोलनरत पक्षले इमर्जेन्सी, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सबै सेवा अवरुद्ध गरिरहेका छन्। प्रवक्ता पौडेलले पदाधिकारीको कारबाही र उच्चस्तरीय छानबिन आयोग प्रतिष्ठानको सिनेटबाट कार्यान्वयन गरिने प्रष्ट्याउदै थप आन्दोलन नगर्न विज्ञप्तिमार्फत् आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077