Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : एमाले सांसदहरुको नाराबाजी, १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको  बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।

सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताएका छन् । सभामुख सापकोटाले निरन्तरको अबरोधले अन्य सांसदहरुको अधिकार हनन हुने पनि बताएका छन्। यस्तै सभामुख सापकोटाले संसदीय मर्यादा कायम गर्नकै लागि शान्त हुन आग्रह गरेका छन्।

यद्यपि एमाले सांसदहरुले नारावाजी जारी राखेका छन्। यसअघि गत बुधबार र शुक्रबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077