Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं । अन्ततः प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

आज १ बजेदेखि सुरु भएको बैठकमा एमालेका सांसदहरुले निरन्तर अबरोध गरेपछि अन्ततः सभामुखले बैठक पर्सी भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित गरेका हुन् ।

बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले  संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका थिए।

नारावाजीका कारण संसद चल्न नसकेपछि पहिले सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, १५ मिनेटपछि फेरि सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

त्यसबीच सभामुख सापकोटाले अवरोध हटाउन एमालेका सांसदहरुले छलफल समेत गरेका थिए। सभामुख र एमाले सांसदहरुबीच सहमति नजुटेपछि उनीहरूले पून: बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077