Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रचण्डले भने- ओलीसँगको एकतामा नयाँ ज्ञान प्राप्त गरे (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन्।

आइतबार कमलादीमा नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीसँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताए।

पुस्तक विमोचन कार्यलाई सम्बोधन गरेका प्रचण्डले ओलीसँग एकता गरेर आफूले साच्चिकै ज्ञान प्राप्त गरेको दोहोर्याए । 'कम्युनिष्ट आन्दोलनमा यस्ता प्रवृत्तिका मान्छेहरु हुँदा रहेछन्', प्रचण्डले भने, 'त्यो आज थाहा भयो, ठुलो ज्ञान प्राप्त भयो'।

यस्तै, प्रचण्डले एमालेसँगको एकता कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोग भएको दाबी गर्दै भने, 'यस एकतालाई नकारात्मक रुपमा मात्रै हेर्न हुँदैन, त्यसमा वस्तुवादी भएर सोच्नपर्छ, सकारत्मक हिसाबले यो एउटा नयाँ प्रयोग थियो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077