Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मैत्रीपूर्ण खेल : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टिमले अबको केही बेरमा बंगलादेशसँग  खेल्दैछ।

घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने दोस्रो खेलमा केही परिवर्तन गरिएको छ। जस अन्तर्गत गोलरक्षक एन्जिल तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगरले मौका पाएकी छिन् भने फरवार्ड सविता रानामगरको स्थानमा रश्मी कुमारी घिसिङ मैदान उत्रिनेछिन्।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो ।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077