Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीलाई आफ्नै अहंकारको घोड्सवारले सत्ता बाहिर पुर्याएको हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा हुँदा आसेपासे र दलाल पूँजीवादीलाई पोस्ने काम गरेको आरोप लगाएका छन् ।

आइतबार कमलादीमा नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा पूर्व एमालेका बरिष्ठ नेता समेत रहेका नेपालले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

ओली आफ्नै अहंकारका कारण सत्ताबाट बाहिरिएको टिप्पणी गर्दै नेपालले भने,'सत्तामा हुँदा अहंकारको घोड्सवार थियो, त्यही अहंकारले सत्ताबाट बाहिरनु पर्‍यो।'

यस्तै, अध्यक्ष नेपालले ओली जस्ता कम्युनिष्टहरुले गर्दा समग्र कम्युनिष्ट आन्दोलन नै बद्‌नाम बनाएको र समय सान्दर्भिक कार्यनीति परिवर्तन गर्न नसक्दा उक्त आन्दोलन नै कमजोर भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077