Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी उपाध्यक्षको पत्रकार सम्मेलन : 'थलिएको अर्थतन्त्रलाई फाइदा गर्छ, पारित गर्न ढिलाई नगरौँ'

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको बताएकी छन् ।

गत बिहीबार चार दिने भ्रमणका लागि नेपाल आएकी उपाध्यक्ष सुमारले आइतबार पत्रकार सम्मेलन गर्दै एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको र यो अनुमोदन नभई कार्यान्वयनमा नजाने बताइन्।

एमसीसीको सबल पक्षलाई प्रष्ट्यादै फातिमाले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’

एमसीसी उपाध्यक्ष फातिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मन्त्रीहरु जनार्दन शर्मा, पम्फा भुसाललगायतसँग भेट गरेको थियो।

फातिमाको टोली आज फर्किदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077