Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेसीको बिदाई ला लिगा इतिहासकै दुःखद क्षण : ला लिगा अध्यक्ष

एजेन्सी । ला लिगाका अधयक्ष जेभियर तेबासले बार्सिलोनाबाट लियोनल मेसीको बिदाई लिगको इतिहासकै सबैभन्दा दुःखद क्षण भएको बताएका छन्। तेबासले मेसीको बहिर्गमन जसरी भयो त्यो ठिक नभएको बताएका हुन्।

तेबासले ६ पटकका बालोन डि’ओर विजेता मेसीको बिदाईलाई ला लिगाका लागि अन्य खेलाडीहरुको तुलनामा सबैभन्दा ठूलो क्षतिका रुपमा व्याख्या गरेका छन्। ‘जसरी क्रिस्टियानो रोनाल्डो, पेप ग्वार्डिओला, जोसे माउरिन्होले छाडे, हामीलाई थाहा थियो एकदिन यही नै हुनेछ,’ उनले भने।

‘विश्वका दुई उत्कृष्ट खेलाडी ला लिगाका दुई उत्कृष्ट क्लबमा हुनु भाग्यको कुरा थियो। यसबाट हामीलाई धेरै लाभ पनि भएको थियो,’ तेबासले थपे।

‘सायद मेसीको बिदाई अझ बढी पीडादायी भयो, किनभने व्यक्तिगत रुपमा म मेसीलाई इतिहासकै उत्कृष्ट खेलाडी मान्छु। उनी त्यस्तो किसिमको बिदाईका लागि योग्य थिएनन्। न बार्सिलोनाबाट न ला लिगा नै,’ तेबासले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077