Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो।

नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार प्रदेश सभा सचिवलाई पत्राचार गर्दै शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ।

प्रदेश सभा सचिवालयमा आइतबार बसेको एकीकृत समाजवादीको पहिलो बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नदिने निर्णय गरेको हो। प्रदेश सभा सचिवलाई पठाइएको पत्रअनुसार निर्वाचन आयोगबाट संसदीय दलको मान्यता प्राप्त एकीकृत समाजवादीका १३ जना प्रदेश सभाका सदस्य भइसकेका छन।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नेतृत्वको सरकारलाई यस दलको समर्थन नभएको जानकारी गराउने निर्णय गरेको हुँदा आजैका मितिदेखि समर्थन नभएको जानकारी गराउन चाहन्छु भनी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभा सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077