Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नहुने

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सो बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने छ।

सभामुख सापकोटाले एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गर्दै पत्र पठाएका थिए ।

गत पुस ५ र जेठ ७ गते तत्कालिन प्रधानमन्त्री ओली गरेको संसद् विघटनले गर्दा सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ ।  सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

बैठक दिउँसो २:३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077