Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपालले बोलाए नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि अध्यक्ष नेपालले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

पार्टीका एक नेताका अनुसार अध्यक्ष नेपालले पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएका हुन्।

यद्यपि समय र स्थानको भने टुंगो नलाइसकेको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077