Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमसीसी पारित भए नेपाल खरानी हुन्छ : सीपी गजुरेल

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज (एमसीसी) पारित भए नेपाल ध्वस्त हुने बताएका छन्।

सोमबार काठमाडौमा एमसीसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।

'अमेरिकालाई चीनसँग लड्न नेपाल उपर्युक्त देश हो, त्यसकारण अमेरिकाले यस्तो परियोजना नेपालमा ल्याउन खोजेको छ,' कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले भने,'चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ।'

यस्तै, नेपालबाट चीनमा अमेरिकी सेनाले आक्रमण गरे सी जिनपिङ हेरेर नबस्ने र चीनले प्रतिकार गर्दा नेपाल विदेशीको रण मैदान बन्ने निश्चित भएको उनले दावी गरे ।

‘त्यसरी युद्ध भयो भने नेपाल ध्वस्त बन्छ, खरानी बन्छ, हामी त्यसो गर्न दिँदैनौ, एमसीसी रोक्नु पर्छ, गजुरेलले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077