Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसीबारे विप्लव भन्छन् : विकासका लागि पैसा मात्रै प्रयाप्त होइन, देश बनाउन आफै लाग्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देश विकासका लागि पैसा मात्रै प्रयाप्त नहुने बताएका छन्।

सोमबार काठमाडौँको खुल्लामन्चमा एमसीसीविरुद्धको  विरोधसभामा महासचिव विप्लवले एमसीसीको पक्षमा बहस गर्नेहरु दलाल भएको आरोप लगाउदै भने, ''पैसाले देश विकास हुन्छ भन्नु मुर्खता हो, विप्लवले भने, 'आफ्नो देशलाई बनाउनका लागि आफै लागि पर्नुपर्छ।'

कार्यक्रममा विप्लवले नेपालकै अदालत तथा सुरक्षा निकायहरु सक्षम रहेको भन्दै विदेशीको सहयोग नचाहिने बताए । सम्बोधनका क्रममा उनले प्रश्न गरे,' नेपालको अदालत के हो ? नेपाल प्रहरी र सेना जनतालाई दमन गर्न मात्रै हो ?'

यस्तै, महासचिव विप्लवले अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजे देशमा आगोको राँको बल्ने चेतावनी दिए।  ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्वजस्त कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’ विप्लवले भने।

उनले नेपाली जनताको आकांक्षा र नेपालको स्वाभिमान छिन्न खोजिएको भन्दै नेपाली जनताले आफ्नो परिश्रमबाट जन्मेको सत्ता खोजेको बताए । उनले खर्वौ रकम भ्रष्टाचार गर्ने राज्यसत्तामा बस्नेहरुले एमसीसीले विकास हुन्छ भनेर गलत चर्चा गरिरहेको बताए ।

विप्लवले एनसेलले तिर्नुपर्ने करका बारेमा आफ्नो पार्टीले आवाज उठाउँदा अहिलेका संसदीय दलहरुले नबोलेको भन्दै भने,' नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एनसेलले गरेको कर छलीबारे मौन रहेको छ' ,। उनले एमसीसीले दिने आर्थिक साहायता भन्दा कर छली बढी भएको दाबी गर्दै भने कर उठाएमा एमसीसीको जरुरत नपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077