Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेकपा समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा महतो चयन

    नेकपा समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा महतो चयन

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादी (एस) प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतोलाई चयन गरिएको छ ।

    संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए ।



    संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए ।



    केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको नेकपा एसले जनाएको छ । तर, कहिले र कतिवटा मन्त्रालयमा सहमति हुने भन्ने टुंगो लाग्न बाँकी रहेको सांसद यादवले जानकारी दिए ।

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार