Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रेमिकाको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने प्रेमी पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका-८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल रहेका छन्। जिरेललाई आइतबार महाशाखाको टोलीले काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ परेका जिरेलले आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँगको विवादपश्चात सामजिक सञ्जालमा पोष्ट गरेर चरित्र हत्या गरेका थिए ।

पक्राउ परेका जिरेललाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077