Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गर्ने लोकसेवा आयोगको निर्णय

    शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गर्ने लोकसेवा आयोगको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले अधिकृत तहको परीक्षा स्थगित गरेको छ । आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको हो।

    सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगित गरेको हो।



    ‘मिति २०७८।५।८ मा गरिएको पत्राचार जुन अवस्थामा पुगेको छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ’, आयोगको सूचनामा उल्लेख छ।



    हेर्नुहोस् लोकसेवा आयोगको सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार