Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • परीक्षाको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने लोक सेवा आयोगको निर्णय

    परीक्षाको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने लोक सेवा आयोगको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 642
    SHARES

    काठमाडौं । लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।

    कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले आयोगहरूबाट पदपूर्ति गरिने प्राविधिक र अप्राविधिकतर्फ विभिन्न सेवा, समूह, उपसमूह श्रेणी वा तह र पदको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।



    बिहीबार सार्वजनिक निर्णयको पहिलो बुँदामा लेखिएको छ, ‘लोक सेवा आयोगहरूबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने ।’



    यही फागुन २३ र २४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चौथो सम्मेलनमा लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौँसँगै सातै प्रदेशका लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार