Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लोक सेवा आयोगले गर्‍यो ४५ जनालाई कारबाही

    लोक सेवा आयोगले गर्‍यो ४५ जनालाई कारबाही

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 540
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ ।

    आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।



    यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ ।



    परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई उत्तर पुस्तिका सार्न दिएका १, उत्तर पुस्तिका च्यातेका २ र मूल उत्तर पुस्तिकामा नभई थप उत्तर पुस्तिकामा मात्र उत्तर लेखेका १ जनालाई आयोगले कारबाही गरेको छ ।

    त्यसै गरी दरखास्त फाराम नै नभरी लिखित परीक्षा दिएका १ जना पनि कारबाहीमा परेको छ । त्यसै गरी आयोगले शौचालयबाट फर्कदा खल्तीमा चिट भेटिएका, मोबाइलबाट चिट चोरेका, उत्तर पुस्तिका घरमा लगेर फेरि लोक सेवा आयोगमा फिर्ता ल्याएको जस्ता कार्य गरेकालाई कारबाही गरेको जनाएको छ ।

    यसमा लोक सेवा आयोगले सबैभन्दा बढी अर्कोको उत्तर पुस्तिका सार्नेलाई तीन वर्षसम्म लोक सेवाले लिने कुनै पनि परीक्षामा भाग लिन नदिने कारबाही गरेको छ ।

    अन्यको हकमा भने सामान्य १ वर्ष परीक्षामा सामेल हुन नदिने कारवाही गरेको छ । यसरी परीक्षामा अनियमितता गर्ने परीक्षा केन्द्रमा भने तराईका जिल्ला अग्र स्थानमा देखिएका छन् ।

    त्यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमा सबैभन्दा बढी १९ जना नक्कली परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । यसै गरी चिट चोरेका र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेका ५÷५ जना कारबाहीमा परेका छन् ।

    यस्तै, एक जनाले उत्तर पुस्तिका नबुझाई आफैंसँग लिएर गएका थिए । यसमध्ये ३ जनालाई ५ वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार