Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बहालवाला कर्मचारीहरुलाई उमेरहद लागु नगर्न सर्वोच्चको आदेश

    बहालवाला कर्मचारीहरुलाई उमेरहद लागु नगर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 723
    SHARES

    काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नू गराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।



    नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिट न्यायाधीश डा. चुडालले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उमेर हदका कारण सहभागी हुनबाट नरोक्न आदेश दिए ।



    आदेशमा “कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु निजामती सेवासम्बन्धी ऐन बमोजिम उमेदवार हुन पाउने व्यवस्था गरेकाले तत् तत् तहमा समायोजित कार्मचारीहरुको निजामती सेवासँगको सम्बन्ध निरन्तर रहेको” भन्दै बहालवाला कर्मचारीहरुलाई ३५ वर्ष उमेदहदका कारण संघीय निजामाती सेवामा सामेल हुन नरोक्न भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार