Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीमामा हुने लागूऔषध र मदिराको कारोबार रोक्न नेपाल-भारत सहमत

    सीमामा हुने लागूऔषध र मदिराको कारोबार रोक्न नेपाल-भारत सहमत

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । नेपाल-भारतसीमामा हुने अवैध लागूऔषध र मदिराको कारोबार नियन्त्रण गर्ने सहमति भएको छ ।

    सोमबार नेपाल-भारत सीमाका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागूऔषध नियन्त्रण गर्ने सहमति भएको हो ।



    जनकपुरमा नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केही जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा उक्त बैठक बसेको थियो।



    सुरक्षा अधिकारीका अनुसार बैठकमा आगामी २९ सेप्टेम्बरदेखि बिहारमा हुन लागेको ग्राम पञ्चायतको निर्वाचनको ४८ घण्टा अघिदेखि दुबै देशको सीमा सिल गर्ने पनि निर्णय भएको छ ।

    बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको दरभंगा र मधुवनीका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार