Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एमसीसीबारे करिश्माको प्रश्न- घरमा हात्ती भित्र्याएर मान्छे बाहिर बस्नुपर्‍यो भने ठिक होला ?

काठमाडौं। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बारेमा अहिले देशभर बहस चलेको छ ।

बहसमा राजनीतिक दल, सत्तारुढ दलदेखि सर्वसाधरण एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् भने विभिन्न समूहरुले पनि यसको विरोधमा आन्दोलन गरिरहेका छन् ।

पछिल्लो समय देशकै गौरबका बिषयमा जोडिएको एमसीसी सम्झौताबारे नेपाली कलाकारहरुले समेत टिप्पणी गर्न थालेका छन्। यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीबारे आफ्नो धरान सार्वजनिक गरेकी छिन्।

अभिनेत्री करिश्माले सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्ने भन्दै देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने बताएकी छिन्।

'घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला ?' उनले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077