Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभामा विनियोजन विधेयक बहुमतले स्वीकृत, बैठक असोज ४ गतेसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच उक्त बिधेयक बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन्।

बैठकमा सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि सभामुखले नाम टिपाउन आग्रह गरेका थिए । तर उक्त छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए ।

साथै, सभामुखले अर्को बैठक आगामी असोज ४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077