Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पार्टी बिभाजनपछि केपी ओली पहिलो पटक झापामा

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा आइपुगेका छन् ।

पार्टी बिभाजन भएपछि पहिलोपटक गृहजिल्ला आएका ओलीले विर्तामोडमा आयोजना गरिएको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

स्राेतका अनुसार उनी कार्यक्रममा सहभागी भएर आज नै काठमाडौँ जाने कार्यतालिका रहेको छ ।

झापामा एमाले विभाजनको असर लगभग न्यून छ । माधव नेपाल पक्षमा रहेका नेताहरू सांसद पवित्रा निरौला खरेल, नरेश खरेल, रविन कोइरालालगायत सबै एमालेमै बसेपछि पार्टी विभाजनको असर न्यून रहेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077