Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेट होलिडे : बुधबारबाट सरकारी खर्च बन्द

काठमाडाैं । बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।

प्रतिनिधिसभाको बैठकले बजेटको प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेका कारण सरकारी खर्च बन्द हुने भएको हो।

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र पनि संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न नपाउने भएको हो । ६० दिनको समय भोलि (बुधबार)देखि सकिदैछ। याे सँगै बुधबारबाट सरकारी खर्च बन्द हुने पक्का भएकाे हाे ।

मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५–७ दिन सरकारी खर्च रोकिने जानकारी दिएका हुन् । अर्को संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभएपछि सरकारी खर्च कसरी चल्छ भनि पत्रकारले सोधेको प्रश्नमा हिजो जसरी चल्याथ्यो त्यसरी नै चल्छ भन्ने जवाफ दिएका छन्।

[insert page='86065' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077