Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको गर्जन : 'माधवले वडा सदस्य पनि जित्दैनन्, प्रचण्ड असल ससुरो भए पनि छट्टु हुन्'

काठमाडौँ । मंगलबार गृहजिल्ला झापा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कटाक्ष हानेका छन्।

मंगलबार झापास्थित विर्तामोडमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपाल र प्रचण्डमाथि कटाक्ष गर्दै दुवैले कम्युनिष्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।

कार्यक्रमभर नेपाल र प्रचण्डमाथि खनिएका ओलीले माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी समेत गर्दै भने, 'माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो, बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री बने, नेता भए, गुटबन्दी गरे, उनले भने।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’, ओलीले प्रश्न गरे ।

प्रचण्डलाई छट्टु नेताको संज्ञा दिँदै ओलीले भने, प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी जे भए पनि धोकेवाज ,बेइमान र छट्टू नेता हुन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077