Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पेट्रोल किन्न नसकेको भन्दै उम्मेदवारी दर्ता गर्न भैंसीमाथि चढेर गए आलम

    पेट्रोल किन्न नसकेको भन्दै उम्मेदवारी दर्ता गर्न भैंसीमाथि चढेर गए आलम

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । भारतको बिहार राज्यको पञ्चायत चुनावका लागि कटिहार जिल्लाको रामपुरका आजाद आलम उर्फ गुड्डू आइतबार भैंसीमाथि चढेर उम्मेदवारी दर्ता लागि पुगेका छन् ।

    भैंसीमाथि चढेर आएको देखेर सुरक्षाकर्मीहरूले उनलाई रोक्दा उनले म एक गोठालो हुँ, गरिब किसान हुँ, पेट्रोल, डिजेल किन्न सक्दिनँ भन्ने जवाफ दिएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।



    उनी रामपुर पञ्चायतको मुखिया पदका लागि उम्मेदवारी दर्ता गर्न पुगेका थिए । बिहारमा यही सेप्टेम्बर २४ देखि डिसेम्बर १२ सम्म ११ चरणमा पञ्चायत चुनाव हुँदैछ ।



    उनले आफूले जितेमा किसान, मजदुर तथा गरिबका लागि काम गर्ने पनि बताएका छन् ।

    उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेको छन्–‘म एक गोठालो हुँ । गरिब किसान हुँ । पेट्रोल, डिजेल किन्न सक्दिनँ । सवारीको कुनै उपाय नभएपछि भैंसीमा चढेर आएको हुँ ।’ उम्मेदवारी दर्ता गर्न जाँदा उनले भैंसीलाई समेत श्रृगारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार