Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दिल्लीमा पाकिस्तानको ठूलो षडयन्त्रको खुलासा, हतियारसहित ६ आतंकवादी पक्राउ

एजेन्सी । जाँच एजेन्सीमा पाकिस्तानद्वारा संरक्षित एक आतंकवादको भण्डाफोर गरेको छ। एम मामिलामा जाँच एजेन्सीले ६ जनालाई गिरफ्तार गरेको छ।

पक्राउ पर्नेहरुमा भारतमा एक आतंकवादी समूहलाई परिचालन गर्ने व्यक्तिहरु रहेको बताइएको छ। उनीहरुसँग हाल सोधपुछ भइरहेको छ।

पक्राउ परेकामध्ये २ जनाले पाकिस्तानमा ट्रेनिङ लिएको खुलेको छ। प्रहरीले यसको खुलासा गर्नका लागि उत्तर प्रदेश, महाराष्ट्र र दिल्लीमा छापा मारेको थियो। उनीहरुको साथबाट ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ बरामद गरिएको छ।

भारतीय प्रहरीका अनुसार नवरात्र र अन्य पर्वहरुलाई लक्षित गरी हमलाको तयारी भइरहेको थियो। उनीहरुसँग परिचय पत्र पनि रहेको पाइएको छ। यस समूहको सम्बन्ध डी कम्पनीसँग रहेको छ।

आरोपीहरुले आफ्नो साथमा १४ व्यक्ति बंगाली भाषा बोल्ने रहेको बताएका छन्। यीमध्ये अन्डरवर्ल्डा व्यक्ति पनि रहेका छन्। विशेष सूचनाको आधारमा उनीहरुले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077