Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रचण्ड कांग्रेसको पुच्छर बनेको टोपबहादुरको आरोप

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन्।

बुधबार बुटवलमा आयोजित रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका रायमाझीले प्रचण्डले कांग्रेससँग मिलेर ठुलो गल्ती गरेको आरोप लगाए।

नेता रायमाझीले सम्बोधनका क्रममा प्रचण्डलक्षित कटाक्ष गर्दै भने, कम्युनिष्टले गल्ती गर्नुभएको छ, कांग्रेसको पुच्छर बनेर हिड्नु भएको छ,' उनले अगाडि प्रश्न गरे,'के कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर हिँडने हो? कांग्रेसको नेतृत्वमा देश विकास सम्भव छ?

अध्यक्ष प्रचण्डले आफूहरुविरुद्द एक्लै लड्न नसकेर गठबन्धन खडा गरेको आरोप लगाउदै उनले भने, 'हाम्रा विरुद्धमा एक्लै लडन सक्दैनन्। कांग्रेससँग गठबन्धन बनाएर विकास गहुन्छ ?

गठबन्धनहरु मिलेर एमालेलाई घेराबन्दीमा पारे पनि त्यसलाई आफूहरुले ध्वस्त पार्ने उनले दाबी गरे।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077