Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई पौडेलको कटाक्ष : दक्षिणपन्थीको पछि लागेर बामपन्थी हुँ भन्नु हास्याँस्पद

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनपछि पुन: एमाले सरकारमा आउने दाबी गरेका छन्।

बुधबार नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका पौडेलले एमालेले जनताको मनमा घर बनाइसकेको दाबी गरे।

नेता पौडेलले सम्बोधनका क्रममा एमालेबाट अलग्गिएका नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललाई काँग्रेसको पछि लागेर वामपन्थी नहोइने बताए।

'काँग्रेस र दक्षिणपन्थीको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा दिने कोसिस गरिएको छ, दक्षिणपन्थीको पछि लागेर बामपन्थी हुँम् भन्नु हास्यास्पद हो, पौडेलले भने।

यस्तै, नेता पौडेलले नेपालले गठन गरेको पार्टी पार्टी भएर एउटा झुण्ड मात्रै भएको र आगामी चुनावमा एक सिट पनि नजित्ने बताए। 'त्यो पार्टी पार्टी होइन, एक झुण्ड हो, हेर्दै जानुहोस् आगामी चुनावमा एक सिट पनि आउदैन', पौडेलले भने।

गठबन्धनहरु मिलेर नेकपा एमाले विभाजित गर्ने कोसिस भइरहेको भन्दै त्यस्ता हर्कत सफल हुन नदिने बताए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, उपमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077