Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

मोरङ — प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले बुधबार सरकारमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन्।

नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले बुधबार नै शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

शपथ लिनेहरुमा तुलसीप्रसाद न्यौपाने, हिरा थापा, लिलावल्लभ अधिकारी, ज्ञानेश्वर राजववंशी, उत्तमकुमार बस्नेत रहेका छन्। न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् भने थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइएको हो।

त्यस्तै, अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, राजववंशीलाई भूमि व्यवस्था, कृषि राज्यमन्त्री र बस्नेतलाई उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077