Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यीनै हुन् ती महिला जसले घाँटी रेटेर शिक्षकको विभत्स हत्या गरेकी थिइन्

दैलेख । प्रहरीले दैलेखको एक विद्यालयका शिक्षकको हत्या आरोपी सार्वजनिक गरेको छ। जिल्लाको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको हो।

दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको हत्या छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
ती महिलाले शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति दिइसकेको छ।

अनुसन्धानमा खटिएको प्रहरीको टोलीले मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद गरेको छ। शिक्षक बिसी शव मंगलबार बिहान मालिका माविको बरण्डामा फेला परेको थियो। मुनाको घर शिक्षक बिसीको शव भेटिएको ठाउँदेखि ३० मिटर पर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077