Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट : अर्का एक व्यक्ति पनि पक्राउ, अनुसन्धानले लियो नयाँ मोड

संखुवासभा । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ। मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सो घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

यसअघि प्रहरीले छिकेमी लोकबहादुर कार्कीलाई हत्या आरोपीका रुपमा सार्वजनिक गरिसकेको छ। तर हाल घटनामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ।

लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताएका छन्। अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको प्रहरीको भनाइ छ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन्।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको खुलेको छ। लोकबहादुरले हत्या गर्दै गर्दा नरेश पछि–पछि भएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077