Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन महन्थ ठाकुरको सर्कुलर

    संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन महन्थ ठाकुरको सर्कुलर

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन निर्देशन दिएका छन्।

    बुधबार अध्यक्ष ठाकुरले पार्टीको आन्तरिक सर्कुलर जारी गर्दै जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह गर्न निर्देशन दिएका हुन्।



    २०७२ असोज ३ मा संविधानसभाबाट जारी गरिएको संविधानमा मधेशको माग सम्बोधन नगरिएको भन्दै मधेशवादी दलहरूले उक्त दिनलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् । सो अनुरुप लोसपा अध्यक्ष ठाकुरले सर्कुलर जारी गरेको पार्टीका एक नेता बताउछन्।



    आफूहरुले सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा नै मनाएको बताउँदै अध्यक्ष ठाकुरले संविधान संशोधनलगायका मुद्दाहरू सम्बोधन नभएसम्म कालो दिनको रुपमा नै मनाउने बताएका छन्।

    यता, अर्को मधेसबादी दल जनता समाजवादी पार्टी नेपाल भने यसवर्ष अलमलमा देखिएको छ । संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको जसपा यसपटक गठबन्धनमा आबद्ध भएपछि अलमलमा परेको देखिन्छ।

    तर, दुई वर्षअघि जसपाले अध्यक्ष उपेन्द्र यादव संघीय सरकारमा मन्त्री हुँदा कालो दिनको रुपमा मनाउने विज्ञप्ति सार्वजनिक गरिएको थियो । गतवर्ष पनि जसपाले कालो दिनको रुपमा मनाएका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार