Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौँ आउँदै गरेको जिप खोलामा खस्यो, हाम्फालेर ज्यान जोगाउन खोज्दा वडा सदस्यको मृत्यु

    काठमाडौँ आउँदै गरेको जिप खोलामा खस्यो, हाम्फालेर ज्यान जोगाउन खोज्दा वडा सदस्यको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    मकवानपुर। गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

    पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।



    ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको हो।



    यस्तै, चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरी निरिक्षक थापाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार