Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

    कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 1.5K
    SHARES

    कास्की । कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ भदौरेस्थित थामडाँडामा आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको यात्रुवाहक जिप दुर्घटना भएको हो ।



    सो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । जिपमा १२ जना सवार थिए ।



    घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ ।

    घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा घाइते १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको छ । जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार